Nabin K. Malakar, Ph.D.

NASA JPL
I am a computational physicist working on societal applications of machine-learning techniques.

Showing posts with label chintan. Show all posts
Showing posts with label chintan. Show all posts

Monday, August 19, 2013

जब सम्म #यूवा को चेत खुल्दैन, तब सम्म देश को चान्सै छैन!

नेपालको मूल समस्या के हो भनि धेरै जना घोत्लिए,
देशी-बिदेशी अजासु (अति-जान्ने-सुन्ने) ले प्रयास गरे 
पैसाको खोलो बगाए, तर पत्ता लागेन  रे !

कहिले राजालाई दोष दिइयो, कहिले कांग्रेस, त कहिले कम्म्युनिस्ट 
जो सत्ता मा छ दोष  उसैको हुनेनै भो!
सबै प्रयोग गरियो, नेपालमा 
कहिँ नभएको प्रयोग पनि गरियो 

तर मेरो विचार मा यो चित्र ले सहि समस्या को जड केहो भन्ने प्रस्ट देखाउछ 
pic via @puruad (ask him for source)

झण्डा बोकेको भर मा आजको टर्ने भए पछि के को टेन्सन?
अझ त्यति गरेर मज्जा नलागे काम गरिखाने को बाटो छेकेर साईकल को हावा फुस्काउन पाइन्छ
मारकाट र कुटपिट को रोमान्स त् झन छदैछ!  

जब सम्म #यूवा को चेत खुल्दैन, तब सम्म देश को चान्सै छैन!
जंगबहादुरले रोलक्रम राखेका थिए, राणाजीहरु त् गए, तर प्रथा अझै छ 
झर्ला र खाउला भनेर कुरुन्जेल समय बितिसक्ने छ
जाग नेपालका युवाहरु, 
नत्र भो कुरै नगरौ!


-->